कांग्रेससहित गठबन्धन र राप्रपाका नेताहरूबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूलाई भेट गरेर राष्ट्रपति निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्न आग्रह गरेका छन् ।
सोमबार धुम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालयमा कांग्रेस र राप्रपाका नेताहरूबीच भेट भएको हो । कांग्रेसका नेताहरूले राष्ट्रपति निर्वाचनमा पौडेललाई भोट मागेका हुन् ।
राष्ट्रपति निर्वाचन २५ गते हुँदैछ । कांग्रेसबाट वरिष्ठ नेता पौडेल राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका छन् ।
राप्रपाले राष्ट्रपति निर्वाचनमा कसलाई भोट दिने हो केही भनेको छैन । कांग्रेसका नेताहरूले राप्रपासँग भोटको अपेक्षा गरेका छन् ।
Published : Monday, 2023 March 6, 7:31 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया