मन्त्री ‘मेरो मान्छे हो’भन्दै लुम्बिनीमा ज्ञानेनको धन्दा, काठमाडौंमा बसेर कोषभित्र आतंक

काठमाडौं । लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन अधिकृत ज्ञानेन राईको ज्यादती निकै बढेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती ‘मेरो मान्छे हो’ भनेर राईले कोषभित्र आतंक मच्चाएका छन् । राईले ‘मन्त्री किराँतीलाई पर्यटन मन्त्रालयमा मैले ल्याएको हुँ’सम्म भन्न भ्याएको चर्चा छ ।

वरिष्ठ प्रशासन अधिकृत राईले मन्त्री किराँतीको नाम लिएर कोषका कर्मचारीहरूलाई आफू अनुकूलको नाजायज काम गराउन धम्की दिने गरेको पीडित कर्मचारीहरूको भनाइ छ ।

राईले लुम्बिनीमा आउने विदेशीहरूलाई भिषा थपिदिन्छु भनेर प्रलोभनमा पारेर मोटो रकम उठाउने गरेको आरोप पनि छ ।

उनले थाई लगायतका गुम्बामा रहेका विदेशी नागरिकहरूको भिषा थप्पने भनेर ठगी गरेको आरोप पनि छ ।

कोषको वरिष्ठ प्रशासन अधिकृत भएर पनि राई धेरै समय काठमाडौंमा बस्ने गर्छन् । राई लुम्बिनीमा धेरै बस्न मन गर्दैनन् ।

राईले लुम्बिनी कोषभित्र काम गरिरहेका ठेकेदारहरूसँग पनि कमिशन मागेर हैरान बनाएको आरोप लागेको छ । ती ठेकेदारहरूलाई राईले ‘मन्त्री किराँती मेरो मान्छे हो, जेपनि गर्न सक्छु’ भनेर हैरान बनाएका छन् ।

वरिष्ठ प्रशासकीय अधिकृत राईले लुम्बिनीमा रहेका ठूला गुरुहरूसँग भेट गरेर लुम्बिनीको ब्राण्ड एम्बेसडर बनाइदिन्छु भनेर धन्दा चलाएको चर्चा कोषभित्र छ ।

काठमाडौंमा बसेर लुम्बिनीका विभिन्न धार्मिक संघ संस्थालाई विदेश जान टिकट काट्न लगाउनेदेखि विभिन्न आर्थिक दवावहरू दिने गरेको गुनासो छन् ।

आरोपहरूका बारेमा प्रतिक्रिया लिन वरिष्ठ प्रशासन अधिकृत राईसँग फोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

ज्ञानेन राईलाई कोषमा जागिर नेपाली कांग्रेसका नेता तथा तत्कालीन पर्यटन राज्यमन्त्री स्व.गोपाल राईले लगाइदिएका हुन् । ज्ञनेनले अहिले कांग्रेसकै नेताहरूले भनेको पटक्कै टेर्दैनन् ।

Published : Friday, 2023 March 3, 12:40 pm

Comments are closed.

फेसबुकबाट तपाईको प्रतिक्रिया