सभापति देउवाले त भनेकै थिए नि ‘वी विल कम ब्याक’
काठमाडौं । सत्ता गुमाएको भनेर गाली आइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यति बेलै भनेका थिए ‘वी विल कम ब्याक’ ।
साच्चिकै सभापति देउवाले कम ब्याक गरेका छन् । सरकार बनेको दुई महिनामै सभापति देउवाले कांग्रेसलाई सत्तामा पुर्याइदिएका छन् । एमालेको उन्माद र अहँकारलाई धेरै दिन टिक्न दिएनन् ।
सञ्चारकर्मी विजयकुमार पाण्डेले सभापति देउवालाई विजेता भनेका छन् । पाण्डेले ट्वीटरमा लेखेर सभापति देउवालाई राजनीतिक खेलाडीको संज्ञा दिएका छन् ।
पाण्डेले लेखेका छन्, यो राउण्डका विजेता शेरबहादुर देउवा हुन् ।’
‘उनले सत्ता गुमाएपछि सबै हाँस्दै थिए । कांग्रेस पार्टीका केही त सबैभन्दा ठूलो आवाजमा । त्यसबेला, देउवाजीले यतिमात्र भनेका थिए – वी विल कम ब्याक ।’
सभापति देउवा धेरै बोल्दैनन् । उनले बोलेको कुरा पूरा गर्छन् । देउवा राजनीतिक खेलाडी हुन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया