कांग्रेसले बैठक बोलायो, पौडेल हुनेछन् उम्मेदवार
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेसको बैठक शनिबार बिहान साढे ८ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि सूचना जारी गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले राष्ट्रपतिको उम्मेदवार चयन गर्नेछ । शनिबार राष्ट्रपतिको मनोनयन हुनेछ । कांग्रेसले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने सम्भावना छ ।
सभापति शेरबहादुर देउवाले नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन चाहेका छन् ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपालसहितका ८ दलले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने सर्वसम्मत निर्णय गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया