सभापति देउवा र अध्यक्ष नेपालबीच भेट, रामचन्द्र–गगन पनि सहभागी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले भेटवार्ता गरेका छन् ।
बिहीबार राति अध्यक्ष नेपाल सभापति देउवालाई भेट्न धुम्बाराहीस्थित निवासमा पुगेका हुन् ।
सभापति देउवासँगै कांग्रेसका नेताहरूको पनि उपस्थिति रहेको थियो ।
कांग्रेसका नेताहरूले अध्यक्ष नेपालसँग राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्यूँताउने विषयमा छलफल गरेका छन् ।
अध्यक्ष नेपालसँगको भेटवार्तामा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापासहितका नेताहरू सहभागी थिए ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा छलफल गरेका अध्यक्ष नेपालले सिधै कांग्रेस सभापति देउवा र नेताहरूसँग भेट गरेका छन् ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया