राष्ट्रपतिको माग गरेर बालुवाटारमा लावालस्कर
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले भेट गरेका छन् ।
बालुवाटारमा मंगलबार भएको भेटमा लोसपाका नेताहरूले अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिमा समर्थन गर्न दाहालसँग आग्रह गरेका छन् । जसपाका नेताहरूका अनुसार ठाकुरलाई राष्ट्रिय सहमतिसहित राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन् ।
लोसपाको प्रस्तावमा प्रधानमन्त्री दाहालले आफू सकारात्मक रहेको जवाफ दिएका छन् । दाहालले ठोस जवाफ दिएका छैनन् ।
प्रधानमन्त्री दाहालसँगको भेटमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झासहित नेताहरू गएका थिए ।
ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउन माग गरेर लोसपाका नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग पनि भेटवार्ता गर्ने जनाइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया