आरजु राणाले निश्चलानन्द सरस्वतीसँग आशीर्वाद लिइन्, कांग्रेसका को–को नेता पुगे ?
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद आरजु राणाले जगन्नाथपुरी पीठाधीश जगतगुरू शंकराचार्य स्वामी महाराज निश्चलानन्द सरस्वतीसँग आशीर्वाद लिएकी छिन् ।
शिवरात्रिका अवसरमा काठमाडौंको पशुपतिनाथमा रहेका निश्चलानन्द सरस्वतीसँग राणाले आशीर्वाद लिएकी हुन् ।
उनले भनेकी छिन्, ‘जगन्नाथपुरी पीठाधीश जगतगुरू शंकराचार्य स्वामी महाराज निश्चलानन्द सरस्वतीज्यूको दीव्य दर्शन पाउँदा आफूलाई धेरै भाग्यशाली ठानेको छ ।’
‘साथै पादुकाको पनि दर्शन भयो र नेपालस्थित गुरुजनहरूसंग पनि भेट्न पाउँदा सार्है खुशी लागेको छ’, कांग्रेस नेतृ राणाले भनेकी छिन् ।
निश्चलानन्द सरस्वतीसँग आशीर्वाद लिन कांग्रेस नेतृ सिर्जना सिंह पनि गएकी थिइन् ।
यसअघि, कांग्रेसका नेताहरू डा.शशांक कोइराला, एनपी साउद, दीपक गिरी, जगदीश्वर नरसिंह केसी, प्रतिमा गौतम, सञ्जयकुमार गौतम, अर्जुन नरसिंह केसी, शेखर कोइराला, मनोजमणि आचार्यलगायतका नेताहरूले पनि जगन्नाथपुरी पीठाधीश जगतगुरू शंकराचार्य स्वामी महाराज निश्चलानन्द सरस्वतीसँग आशीर्वाद लिएका थिए ।







बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया