कांग्रेसको रणनीतिबाट एमालेलाई तनाब, नजिक हुँदै कांग्रेस–माओवादी

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ ।

आइतबार बिहान धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस संसदीय दलको बैठकले उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

सभापति देउवाका निजी सचिव केशवराज जोशीद्वारा जारी विज्ञप्तिअनुसार विपक्षी दलका नेताहरूसँगको छलफलमा समेत उम्मेदवार नदिने सल्लाह भए बमोजिम उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय भएको छ ।

राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रले उर्मिला अर्याललाई उम्मेदवार बनाएको छ । कांग्रेसले अर्याललाई नै समर्थन गर्नेछ ।

सम्भवत माओवादी सांसद अर्याल उपाध्यक्षमा सर्वसम्मत हुने सम्भावना छ । आइतबार उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गर्ने कार्यक्रम छ । कांग्रेसले माओवादी केन्द्रसँग निकटता बढाउँदै लगेको छ ।

कांग्रेसको रणनीतिबाट एमालेलाई ठूलो तनाब भइरहेको छ । एमालेले उम्मेदवारी दिएको ठाउँमा कांग्रेसले उम्मेदवारी दिने गरेको छ । कांग्रेसले माओवादीप्रति देखाएको लचकताबाट एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई तनाव भएको चर्चा छ ।

Published : Sunday, 2023 February 5, 12:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया