माओवादीले बालकोटलाई चिन्ता बढाइदियो, कांग्रेसलाई बल्ल आशा जाग्यो

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा सकेसम्म राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा बसेको माओवादीको स्थायी कमिटीको बैठकले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने निर्णय भएको नेता देवेन्द्र पौडेलले बताएकाा छन् ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने बताएका छन् ।

उनले सहमति हुन नसके विचार, दृष्टीकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरूसँग छलफलका लागि आफूहरू खुला रहेको नेता पौडेलले बताएका छन् ।

माओवादीले स्थायी कमिटीमा गृहमन्त्रीको बारेमा कुनै छलफल गरेको छैन । नेता पौडेलले एमालेलाई चिढ्याउन नचाहेको बताएका छन् ।

सबै मिलेरअघि बढ्नका लागि प्रयत्न गरेको नेता पौडेलले बताएका छन् । उनले भने, ‘एमालेलाई बाहिर राखेर जाने भनेको होइन, सबैसँग मिलेर अघि बढौं भन्ने हो ।’

‘समय माग्नुभएको हो, प्रधानमन्त्रीले बितिसकेको समय पछि उहाँहरू के भनेर आउनुहुन्छ, त्यसअनुसार हुन्छ’, उनले भनेका छन् ।

राष्ट्रपति निर्वाचन फागुन २५ गते हुन लागेको छ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने जनाएको छ । एमालेले माओवादीको समर्थनमा राष्ट्रपतिमा उम्मेदवारी दिन खोजेको छ ।

कांग्रेसले माओवादीसँग सहयोगको अपेक्षा राखेको छ । एमालेले राष्ट्रपति लियो भने मुलुकमा उथल पुथल हुने आशंका छ ।

विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमा राख्न नसकेको भनेर माओवादी, कांग्रेससहितका दलहरू सशंकित छन् । भण्डारीका कारण कांग्रेस र माओवादीसहितका दलहरूले एमालेलाई राष्ट्रपति दिन चाहेका छैनन् ।

माओवादीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेपछि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई तनाब बढाइदिएको छ । कम्तिमा बालकोटले सहज रुपमा राष्ट्रपति नपाउने पक्का भएको छ ।

Published : Saturday, 2023 February 4, 6:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया