बालुवाटारको कुरा सुनेपछि दिक्क भए लामिछाने, अब फण्डाबाजी गर्ने
काठमाडौं । पुनः नेपाली नागरिक भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उप–प्रधान तथा गृह मन्त्रालय माग गरेका छन् ।
मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गरेर लामिछानेले उप–प्रधानसहित गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।
यसअघि, नेपाली नागरिकता पुनः लिएकै दिन आइतबार राति प्रधानमन्त्री दाहालसँग बालुवाटारमा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले भेट गरेर लामिछानेलाई उप–प्रधान तथा गृह मन्त्री बनाउन दवाव दिएका थिए ।
नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछानेले आइतबार पुनः नागरिकता लिएका छन् ।
नागरिकता लिएलगत्तै पुनः पार्टीको सभापति बनेका लामिछानेले आइतबार पनि प्रधानमन्त्री दाहाललाई भेटेर गृह मन्त्रालय मागेका थिए । सांसद नभएको व्यक्ति ६ महिनाका लागि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।
प्रधामन्त्री दाहाल भने नागरिकता र राहदानी कीर्ते काण्डमा परेका लामिछानेलाई गृह मन्त्रालय दिन इच्छुक छैनन् । दाहालले गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्न खोजेका छन् ।
लामिछानेले दाहाललाई दुई पटक भेट गरेर गृह मन्त्री पद माग गरेका छन् । संविधान, ऐन र कानूनको गम्भीर उल्लंघन गरेका लामिछानेको पार्टी नै अबैध छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले प्रधानमन्त्री दाहालसँगको भेटवार्ता सकारात्मक नभएको बताएका छन् ।
ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री प्राप्त गर्ने निर्णय प्रधानमन्त्रीले गरेपछि मात्रै आफ्नो दलमा कसलाई पठाउने भनेर छलफल हुने बताए ।
उनले गृहमन्त्री आफ्नो दलले प्राप्त गर्ने प्रधानमन्त्रीले निर्णय लिएपछि मात्रै सांसद वा गैरसांसद कसलाई पठाउने पार्टीभित्र छलफल गरिने बताएका छन् ।
प्रधानमन्त्री दाहालका राजनीतिक प्रमुख सल्लाहकार हरिबोल गजुरेलले सरकार गठनको बेला हतारमा गृह मन्त्रालय रास्वपालाई दिनुपरेको बताएका छन् । उनले अब सत्ता साझेदार दलहरूसँग छलफल गरेर उपयुक्त निर्णय लिने बताएका छन् ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले शुक्रबार उनको सांसद पद खारेज गरेको थियो ।
लामिछानेले उप–प्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका छन् ।
लामिछानेका हर्कत निकै विवादित छन् । सञ्चारकर्मी भएका बेला करोडौंको डिल गरेको आरोप पनि लाग्दै आएको छ ।
राहदानी र नागरिकता कीर्ते काण्डमा लामिछाने जेलसम्म जाने सम्भावना छ ।
बिहीबार राति १ बजे एमालेका अध्यक्ष ओलीलाई बालकोटमा भेटेर सर्वोच्च अदालतको आफूविरुद्धको नागरिकतासम्बन्धी मुद्धा
प्रभावित बनाउन खाजेका थिए । तर, न्यायाधीशहरूले नमानेपछि लामिछानेले सबै पद गुमाउन पुगेका छन् ।
सत्ता र मन्त्री पद गुमाउन पुगेका लामिमछानेलाई पुनः गुमेका पदहरू प्राप्त गर्न निकै संघर्ष गर्नु परेको छ ।
लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि दाहाल नेतृत्वको सरकार ढल्दैन । नेपाली कांग्रेसले दाहाललाई समर्थन गरेको छ ।
लामिछानेले समर्थन फिर्ता लिए पनि हुन्छ । उनका कीर्ते काण्डबाट जनता आजित बनेका छन् ।
फण्डाबाजी गर्न निकै माहिर रहेका लामिछानेले अब सरकार र दलहरूका विरुद्ध हर्कत र फण्डा गर्नेछन् ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया