माओवादीको निर्णयले कांग्रेसलाई झिनो आशा

काठमाडौं । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवारी दिने घोषणा गरेका बेला माओवादी केन्द्रले राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।

शुक्रबार काठमाडौंमा बसेको माओवादीको स्थायी कमिटी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको हो ।

राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनुपर्ने निर्णय भएको माओवादीले जनाएको छ ।

माओवादीको निर्णयले कांग्रेसलाई थोरै भए पनि राहत मिलेको छ । कांग्रेसले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो ।

कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालबीच विश्वासको मत दिनुभन्दा एकरात अगाडि धुम्बाराहीमा के कुरा भएको थियो बाहिर आएको छैन ।

एमालेले माओवादीसँगको सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने जनाउँदै आएको छ । एमालेले माओवादीसँगको सहमतिअनुसार सभामुख पद पाइसकेको छ ।

कांग्रेसले माओवादीको साथ लिएर राष्ट्रपति लिने पक्षमा छ ।

Published : Friday, 2023 January 27, 5:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया