कांग्रेसलाई अबरोध गर्न खोज्न विरोधीहरूको हार
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष दलको मान्यता पाएको छ ।
सोमबार संसद सचिवालयले कांग्रेसलाई प्रमुख प्रतिपक्ष दलको मान्यता प्रदान गरेको हो ।
संसद सचिवालयले कांग्रेसलाई प्रमुख प्रतिपक्ष दलको मान्यता प्रदान गरेको पत्र पठाएको छ ।
कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा सेवा सुविधा प्राप्त हुनेछ ।
कांग्रेसले प्रमुख प्रतिपक्ष दलको सेवा सुविधा उपलब्ध गराउन पत्र पठाएको थियो ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको छ ।
विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख प्रतिपक्ष दलको हैसियत गुमाएको भनेर कांग्रेसका विरोधीहरूले बबाल मच्चाएका थिए ।
कांग्रेसले प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने जनाएको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया