उद्घाटन गर्न दुई मन्त्रीले दुइटा रिबन राखेर काटे, डा.तोसिमाको पनि देखियो औकात

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र राज्यमन्त्री डा.तोसिमा कार्कीले एउटा कार्यक्रममा एकै साथ दुई वटा रिबन काटेर उद्घाटन गरेका छन् ।

मन्त्रीद्वय गिरी र डा.कार्कीले एउटा कोठाको गेटमा राखिएका दुई वटा रिबनलाई एकसाथ कैँचीले काटेको तस्वीरमा देखिएको छ ।

गिरी एमालेबाट मन्त्री बनेका हुन् । डा.कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट राज्यमन्त्री बनेकी हुन् ।

उनीहरूलाई उद्घाटनका लागि रिबन काट्ने मोह जागेको प्रति सामाजिक सञ्जालमा कठोर आलोचना भएको छ ।

सम्भावना बोकेका मन्त्रीहरूले नै उद्घाटनका लागि रिबन काट्ने मोह देखाएपछि जनतामो निराशा छाएको छ ।

सांसद र मन्त्री बन्नु अगाडि गरेका ढोँङ्ग, नौटंक अहिले आएर उजागर भएको छ ।

Published : Friday, 2023 January 20, 10:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया