यी दुई उप–प्रधानमन्त्रीले भित्र्याए आफू अनुकूलका सचिवहरू
काठमाडौं । दुई जना उप–प्रधानमन्त्रीहरूले आफू अनुकूलका सचिवहरूको सरुवा गरेर मन्त्रालयमा ल्याएका छन् ।
उप–प्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले केशवकुमार शर्मालाई मन्त्रालयको सचिवमा ल्याएका छन् ।
भौतिक मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई उप–प्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।
उप–प्रधान एवम् उर्जामन्त्री राजेन्द्र लिङ्देनले सिग्देललाई ल्याएका हुन् ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सचिवद्वय सिग्देल र शर्माको सरुवा गरेको हो ।
नयाँ मन्त्री आउनेवित्तिकै आफू अनुकूलका सचिवलाई सरुवा गरेर मन्त्रालयमा ल्याउने परम्परा जस्तै छ ।
Published : Wednesday, 2023 January 18, 9:23 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया