राजनीतिक नयाँ खेल शुरु, आज कांग्रेसले पत्ता खोल्ने
काठमाडौं । प्रतिनिधि सभा सभामुख पदका लागि आज (बुधबार) मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ ।
सभामुखको निर्वाचन भने बिहीबार ११ बजे बस्ने संसदको प्रतिनिधि सभा बैठकमा हुनेछ ।
मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ ।
मनोनयन दर्ता भएपछि ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ ।
संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ ।
एमाले–माओवादी केन्द्रसहितका दलहरूको सहमतिअनुसार सभामुख पद एमालेको भागमा परेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने वा नदिने भन्ने निर्णय गरिसकेको छैन् ।
सभामुखको उम्मेदवारीबारे छलफल गर्न आज बिहान ९ बजे कांग्रेसको पदाधिकारी बैकठक बस्दैछ । बैठकपछि कांग्रेसले आफ्नो रणनीतिअनुसार अगाडि बढ्नेछ ।
कांग्रेसले पछिल्लो समय आफूलाई रणनैतिक रुपमा अगाडि बढाएको छ । सरकारलाई विश्वासको मत दिएको कांग्रेसले आफ्नो ‘पत्ता’ खोलेको छैन ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया