देउवाले बोलाए शीर्ष नेता र पदाधिकारी, शीतल निवासमा दाबी गर्ने
काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीहरूको बैठक बोलाएका छन् ।
सभापति देउवा बिहीबार दिउँसो २ बजे आफ्नै निवास धुम्बाराहीमा बैठक बोलाएका हुन् ।
बैठकमा शीर्ष तहका नेताहरूलाई पनि बोलाइएको छ । देउवा सबैको सरसल्लाहमा अगाडि बढ्नेछन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएर आशंकाको बीउ रोपिदिएका देउवाले भावी रणनीति के बनाउने हुन् पदाधिकारीहरूसँग परामर्श गर्नेछन् ।
कांग्रेसले राष्ट्रपति वा सभामुखमा दाबी गर्नेछ । कांग्रेसले यस पटक राष्ट्रपतिमा बजरजस्त रुपमा दाबी गर्नेछ ।
एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमा राख्न नसकेछि कांग्रेस चिडिएको छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया