सभामुखमा कांग्रेसको दाबी, अधिकारीद्वारा मनोनयन दर्ता
हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेश सभाको सभामुख पदमा दाबी गर्दै मनोनयन दर्ता गराएको छ ।
बिहीबार कांग्रेसका प्रदेश सभा सांसद शिवराज अधिकारीले मनोनयन दर्ता गरेका हुन् । अधिकारी धादिङबाट कांग्रेसका समानुपातिक सांसद हुन् ।
अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्णा चित्रकार समर्थक छन् । सत्ता साझेदार दलहरूको तर्फबाट भने राप्रपाका भुवन पाठक उम्मेदवार बन्ने छन् ।
सत्ता गठबन्धनबीच मुख्य पदहरू भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको छ । राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सत्ता साझेदार पाँच दलसँग ७० सांसद रहेका छन् । सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ सांसद छन् ।
३ जना मात्र सांसद रहेको नेमकिपाबाट सृजना सायजुले उम्मेदवारी दर्ता गराएकी छिन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया