मन्त्रीहरूको नाम माग्न दाहाल बालकोट पुगे, के–के भयो कुरा ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग भेटवार्ता गरेका छन् ।
बुधबार साँझ भक्तपुरको बालकोटस्थित निवासमा दाहालले ओलीसँग भेटवार्ता गरेका हुन् । विश्वासको मत लिएको अर्को दिन प्रधानमन्त्री दाहाल एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
दाहाल र ओलीबीच मन्त्रालय बाँडफाँड र मन्त्रीहरूको चयनका विषयमा पनि छलफल भएको बुझिएको छ । दाहालले ओलीसँग मन्त्रीहरूको नाम मागेको बुझिएको छ ।
दाहाल र ओलीबीच सभामुख र उप–सभामुख तथा राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनका विषयमा परामर्श भएको बुझिएको छ ।
एमाले, माओवादी केन्द्र र जनता समाजवादी नेपालको तर्फबाट सात प्रदेशमा सरकार बनाउन मुख्यमन्त्रीहरू नियुक्त भएका छन् । प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूका बारेमा पनि छलफल हुनेछ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया