देउवा–दाहालबीच गोप्य वार्ता, त्यसपछि कांग्रेसका शीर्ष नेताहरूसँग परामर्श
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् ।
सोमबार राति धुम्बाराहीस्थित सभापति देउवाको निवासमा कांग्रेसका शीर्ष नेता र दाहालबीच सम्वाद भएको हो । सम्वादमा के–के कुराकानी भएको हो केही भनिएको छैन ।
प्रधानमन्त्री दाहालले विश्वासको मत लिन केही घण्टा बाँकी रहेका बेला कांग्रेसका शीर्ष नेताहरूसँग परामर्श गरेका छन् ।
देउवा र दाहालबीच केही समय एकान्तमा कुराकानी भएपछि कांग्रेसका अरु शीर्ष नेताहरूलाई पनि बोलाइएको थियो ।
देउवा र दाहालसँगको वार्तामा नेता कृष्णप्रसाद सिटौला र उप–सभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए ।
दाहालले मंगलबार विश्वासको मत लिन लागेका छन् । दाहाललाई एमालेसहितका साना दलहरूले समर्थन गरेका छन् ।
कांग्रेससँगको गठबन्धन भत्काएर गएका दाहालले कांग्रेसको साथ खोजी रहेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया