कम्युनिस्टहरूका बीच एकीकरण गर्न कार्यदल गठन, संयोजक बने महरा
काठमाडौं । माओवादी केन्द्रले वामपन्थी पार्टी र समूहबीच एकताका लागि वार्ता गर्न कार्यदल बनाएको छ ।
शनिबार काठमाडौंमा बसेको माओवादीको पदाधिकारीको बैठकले कम्युनिस्टहरूका बीच एकताका लागि कार्यदल बनाएको हो ।
कार्यदलको संयोजकको जिम्मेवारी उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ ।
कार्यदलमा महासचिव देव गुरुङ, जनार्दन शर्मा, शक्ति बस्नेत र गिरिराजमणि पोखरेल सदस्य रहेका छन् ।
कार्यदलले नेकपा (एकीकृत समाजवादी)सहितका कम्युनिस्टहरूसँग छलफल गर्नेछ ।
यसअघि एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पनि वार्ताका लागि कार्यदल बनाएका छन् ।
माओवादीले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि एकताको प्रयास गरिरहेको छ ।
बाबुरामको पार्टीले माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया