कांग्रेसको कार्यक्रममा हेरफेर, प्रचण्डलाई ढाल्न सिंहदरबारमा रणनीति बनाउने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक केही दिन पछाडि सारेको छ ।
बुधबार कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर पुस २२ गतेको कार्यसमिति बैठक पुस २८ गतेसम्मका लागि स्थगित गरिएको जनाएका छन् । प्रतिनिधि सभाको बैठक २५ गतेदेखि शुरु हुन लागेको छ । सोही कारण केन्द्रीय कार्यसमितिको बैठक पुस २८ गतेका लागि सारिएको हो ।
कांग्रेसले प्रतिनिधि सभाको बैठकमा कसरी प्रस्तुत हुने भनेर पुस २५ गते संसदीय दलको बैठक बोलाएका छ । संसदीय दलको बैठकमा कसरी संसदमा प्रस्तुत हुने भन्ने विषयमा कांग्रेसले रणनीति बनाउनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने कार्यक्रम छ । कांग्रेसले दाहाललाई विश्वासको मत दिनेछैन ।
‘प्रतिनिधि सभाको अधिवेशन पुस २५ गते प्रारम्भ हुने मिति दृष्टिगत गर्दै नेपाली कांग्रेसको संसदीय दलको बैठक पुस २३ गते संसदीय दलको कार्यालय सिंहदरबारमा १ बजे बस्नेछ’, विज्ञप्तिमा भनिएको छ ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पुस २२ गतेका लागि निर्धारित बैठकको मिति परिवर्तन गरेर पुस २८ गते १ बजे बस्ने निश्चित गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया