नैतिकता नभएका रवि लामिछानेविरुद्ध किन कोही बोल्दैनन् ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि ठूलो प्रश्न उठेको छ ।
सञ्चारमाध्यममा रहँदा दुनियाँ नेतालाई नैतिकताको पाठ सिकाएर हैरान बनाएका लामिछाने भने आफै ‘नैतिकहराम’ बनेका छन् ।
मिडियाको प्रयोग गरेर प्रतिनिधि सभामा निर्वाचित भएर आएका लामिछानेले आफ्नो स्वार्थसँग बाझिएको मन्त्रालयको जिम्मेवारी सम्हालेर नैतिकतामाथि प्रश्न उठाएका हुन् । लामिछाने जस्ता व्यक्तिलाई सरकार बचाउने बहानामा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरिह बनेर गृह मन्त्रालय दिएका छन् । त्यति मात्रै होइन दाहालले लामिछानेलाई उप–प्रधानमन्त्री पनि दिएका छन् ।
सधैँ विधि र कानूनको कुरा उठाउने गरेका लामिछानेमाथि यति छिटो किन नैतिकता हरायो ? प्रश्न उठेको छ । विगतमा ३/४ जनासम्म उप–प्रधानमन्त्री बनाउँदा लामिछानेले नै टेलिभिजन कार्यक्रमबाट किन चाहियो उप–प्रधानमन्त्रीहरू भनेर घाँटी सुकाइ–सुकाइ बोलेको अहिले भुलेका छन् ।
सत्ता भनेको प्यारो हुन्छ । लामिछाने पनि कुनै अर्को ग्रहबाट आएका मान्छे होइनन् । उनलाई पनि सत्ता प्यारो लागेको छ । भारतीय अभिनेता अनिल कपूरको ‘नायक’ फिल्ममा जस्तो गरेर काम गर्न खोजेका छन् । तर, उनको नैतिकतामाथि नै ठूलो प्रश्न छ । नैतिकता नै नभएका लामिछानेलाई किन अरुले मान्ने ?
लामिछानेको नागरिकता र राहदान काण्डमा अदालतमा मुद्धा चलिरहेको छ । प्रहरी र गृह मन्त्रालयले अनुसन्धान गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
तर, आफ्नो व्यक्तिगत स्वार्थ जोडिएको गृह मन्त्रालय लिएर सभापति लामिछानेले संविधान, कानून र विधिको शासनमाथि खेलवाड गरेका छन् ।
लामिछानेमा अलिकति पनि नैतिकता छभने तत्काल उप–प्रधानमन्त्री र गृहमन्त्री पदबाट राजीनामा दिनुपर्छ । लामिछानेले आफ्ना पार्टीका अरु सांसदलाई त्यो पद दिनुपर्छ । होइन भने लामिछाने र अरु दलका नेताहरूमा भिन्नता के हो ?
लामिछाने नेपाली नागरिकता त्यागेर अमेरिकन नागरिक बने । अमेरिकामा पनि बस्न नसकेर नेपाल फर्किए । वर्क परमिट नै नलिएर टेलिभिजनमा कार्यक्रम चलाए । दुनियाँलाई धम्काए । पछि अमेरिकन नागरिकता त्यागेको बताए ।
तर, अमेरिकन नागरिकता त्याग गरे पनि लामिछानेले नेपाली नागरिकता लिनका लागि कुनै पनि पहिल गरेनन् । बरु पुरानो नेपाली नागरिकतालाई निरन्तर दुरुपयोग गरिरहे ।
लामिछानेले मिडिया र सामाजिक सञ्जाल प्रयोग गरेर जनतालाई गमुराहमा राखेका छन् । उनलाई अब दण्ड दिन सकिने छैन । किन भने छानविन गर्न निकायकै मन्त्री बनेपछि लामिछानेलाई कारबाही हुनेछैन ।
लामिछानेका विरुद्ध कानून व्यवसायी, पत्रकार, नागरिक समाज, राजनीतिक दल कोही पनि बोलेका छैनन् । किन बोल्दैनन् ? प्रश्न उठेको छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया