मधेश प्रदेशमा कांग्रेसको नेतामा यादव निर्वाचित
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेशको संसदीय दलको नेता पदमा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् ।
बिहीबार भएको निर्वाचन प्रक्रियामा यादव १८ मतसहित निर्वाचित भएका हुन् । संसदीय दलको नेता पदमा निर्वाचित यादव कांग्रेसको मधेश प्रदेश कार्यसमितिका सभापति हुन् ।
मधेश प्रदेशमा कांग्रेसका २२ सांसद छन् । २२ मतमा यादवले १८ मत पाएका छन् ।
दलको नेता पदमा उम्मेदवार बनेका रामसरोज यादवले ४ मत मात्रै पाएका छन् ।
दलको नेता चयन भएका कृष्णप्रसाद यादव सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।
Published : Thursday, 2022 December 29, 5:29 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया