पूर्वराजासँग राप्रपा अध्यक्ष लिङ्देनको भेटघाट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् ।

मंगलबार बाराको सिमरामा लिङ्देनले पूर्वराजा शाहसँग भेट गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा परामर्श गरेको उच्च स्रोतले जनाएको छ । पूर्वराजा शाहले अध्यक्ष लिङ्देनलाई के सल्लाह दिएका हुन् केही भनिएको छैन ।

अध्यक्ष लिङ्देनले राप्रपाको रणनीति, राजनीतिक अवस्था लगायतका विषयमा पूर्वराजा शाहसँग छलफल गरेको बुझिएको छ ।

पूर्वराजा शाहसँग भेट गरेको थाहा पाएपछि बुधबार काठमाडौंमा बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकमा नेताहरूले जिज्ञासा राखेको बुझिएको छ ।

पूर्वराजा शाहसँगको कुराकानीका बारेमा अध्यक्ष लिङ्देनले बैठकमा धेरै जानकारी गराएका छैनन् ।

पूर्वराजा शाहले राप्रपाका अध्यक्ष लिङ्देनलाई मन पराउँछन् । निर्वाचनमा पनि पूर्वराजा शाहले अध्यक्ष लिङ्देनमार्फत राप्रपलाई पैसा दिएको चर्चा छ ।

Published : Thursday, 2022 December 29, 4:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया