गगन–शेखर समूहको गुटको बैठक दुई ठूला नेताद्वारा बहिस्कार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलले महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइराला समूहको गुटको बैठक बहिस्कार गरेका छन् ।
बुधबार काठमाडौंको बालुवाटारमा बसेको गगन–शेखर समूहको गुटको बैठकमा शर्मा र पौडेल अनुपस्थित भएका हुन् ।
संसदीय दलको चुनावमा शमा र पौडेलले थापालाई साथ दिएका थिए । उनीहरूले थापालाई मतदान गरेका थिए ।
गगन–शेखर समूहले आफूलाई गुटको बैठकमा नबोलाएको केन्द्रीय सदस्य पौडेलले बताएका छन् । नबोलाएको ठाउँमा पौडेल किन जाने भनेर नगएका हुन् ।
गगन–समूहको बैठकमा उप–सभापति धनराज गुरुङ, सह–महामन्त्री जीवन परियार, नेता चन्द्र भण्डारीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
Published : Thursday, 2022 December 29, 1:31 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया