कोरोनाको नयाँ भेरियन्ट ‘बीएफ सेभेन’ कति खतरनाक ?

काठमाडौं । चीनमा कोरोनाको ओमिक्रोनको सब भेरिएन्ट ‘बीएफ सेभेन’ संक्रमण बढेको छ ।

चीनमा बढेको संक्रमणसँगै नेपालमा पनि प्रभाव पर्ने देखिएको छ ।

विगतमा देखिएका कोरोनाको भेरिएन्टभन्दा अहिले देखिएको ‘बीएफ सेभेन’ संक्रमण भने केही कमजोर भएको चिकित्सकहरूले बताएका छन् ।

चीन र भारतमा कोरोना संक्रमणको दर बढेसँगै नेपालमा पनि कोरोनाको त्रास फैलिएको छ ।

चीनका विभिन्न प्रान्तमा कोरोनाको ओमिक्रोनको सब भेरिएन्ट ‘बीएफ सेभेन’का कारण संक्रमितसहित मृत्युदर पनि बढ्दो रुपमा रहेको छ ।

चीनभन्दा पनि पहिले युरोपमा ‘बीएफ सेभेन’ भेरिएन्ट देखिएको थियो । युरोपमा ‘बीएफ सेभेन’को असर सामान्य नै रहेको थियो ।

चीनमा ‘बीएफ सेभेन’ले ठूलो प्रभाव पारेको छ । अहिले ‘बीएफ सेभेन’ भेरिएन्ट भारतमा पनि देखिएको छ ।

यसअघिका भन्दा अहिले देखिएको ‘बीएफ सेभेन’ भेरिएन्ट केही कमजोर भएको चिकित्सकहरूले बताएका छन् ।

यसअघि नेपालमा ठूलो संख्यामा कोरोना संक्रमण भएकाले त्यसबाट एन्टीबडी उत्पादन भएकाले संक्रमण भए पनि जटिल नहुने अनुमान चिकित्सकको रहेको छ ।

‘बीएफ सेभेन’ संक्रमण छिमेकी देशमा देखिएको हुनाले नेपालमा अहिले नदेखिए पनि भोलिका दिनमा देखिन सक्ने सरुवा रोग विशेषज्ञ डा.शेरबहादर पुनले बताएका छन् ।

कोरोनाको नयाँ भेरिएन्ट देखिन थालेपछि कोरोना खोप लगाउनेहरु पनि बढ्न थालेका छन् ।

अन्य समयमा फाट्टफुट्ट मात्र खोप लगाउन आए पनि अहिले खोप लगाउनेहरूको चहलपहल देखिन थालेको छ ।

कारोनाको ओमिक्रोन भेरिएन्टका प्रजातीहरू थुप्रै रहेकाले यसको प्रभाव लामो समयसम्म रहने चिकित्सकको भनाइ छ ।

कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टले आफ्नो स्वरुप निरन्तर परिवर्तन गर्ने देखिएकोले यसबाट बच्नका लागि कोरोनाविरुद्धको खोप सबैले लगाउन डा.पुनले आग्रह गरेका छन् ।

Published : Tuesday, 2022 December 27, 11:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया