सभापति बानियाँले दिए देउवालाई बधाइ
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता पदमा निर्वाचित भएकोमा बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले बधाइ दिएका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई भेटेर बानियाँले बधाइ दिएका हुन् । उनले सभापति देउवाका कारण कांग्रेस निर्वाचनमा ठूलो दल बनेको भन्दै धन्यावाद पनि दिएका छन् ।
देउवालाई सभापति देउवालाई नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र संसदीय दलको नेता चयन गर्न बनेको निर्वाचन समितिले पनि भेट गरेको छ ।
बागमती कांग्रेसका सभापति बानियाँले आगामी दिनमा सभापति देउवाको नेतृत्वमा मुलुकले विकास र समृद्धिमा सफलता पाउने जनाएका छन् ।
सभापति देउवाले संसदीय दलको नेता पदमा बुधबार भएको निर्वाचनमा झण्डै दुईतिहाई बहुमतका साथ निर्वाचित भएका थिए ।
सभापति देउवाले ६४ मत पाएका थिए । महामन्त्री गगन थापाले २५ मत पाएका थिए । देउवाले भारी मतको अन्तरले थापालाई हराइदिएका छन् ।



बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया