दुईतिहाई मतका साथ देउवाको शानदार जित, गगनलाई आफ्नैले धोका दिए
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ६४ मतका साथ निर्वाचित भएका छन् ।
बुधबार बिहान निर्वाचन समितिका संयोजक भीष्मराज आङ्दम्बेद्वारा जारी विज्ञप्तिअनुसार देउवाले ६४ मत पाएका छन् ।
प्रतिद्वन्द्वी महामन्त्री समेत रहेका नेता पदका उम्मेदवार गगनकुमार थापाले जम्मा २५ मत पाएका छन् ।
संसदीय दलको नेता पदमा निर्वाचित हुन ५० प्रतिशतभन्दा धेरै मत पाउनुपर्छ । देउवाले झण्डै दुईतिहाई मतका साथ संसदीय दलको नेता पदमा निर्वाचित भएका छन् ।
महामन्त्री थापालाई आफ्नै टिमबाट ठूलो घात भएको छ । थापाले करीव ३५ मतको अपेक्षा राखेका थिए ।
थापालाई संसदीय दलको नेता पदमा उम्मेदवार बनाउन सहयोग गर्नेहरूबाटै धोका भएको चर्चा गगन समूहले लगाएको छ ।

Published : Wednesday, 2022 December 21, 11:11 am
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया