गगनले अटेर गरेपछि फुटको संघारमा शेखर–गगन समूह, देउवाले मेस्सीले जस्तै गोल हान्ने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति २०७९ ले आफ्नो काम अगाडि बढाएको छ ।

समितिका संयोजक भीष्मराज आङ्दम्बेले सोमबार सूचना जारी गरेर पुस ६ गते बुधबार संसदीय दलको नेता चयन गर्न मतदानको कार्यक्रम सार्वजनिक गरेका छन् ।

‘मतदान पुस ६ गते बिहान ८ बजेदेखि १० हजोसम्म हुनेछ’, सूचनामा भनिएको छ, ‘निर्वाचन कार्यक्रम प्रकाशित स्थान, मिति र समयभित्र मतदान क्षेत्रमा प्रवेश गरी लाम लाग्ने मतदातालाई मतदान गर्न दिइनेछ ।’

मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाण पत्र साथमा लिइ आउनुपर्ने संयोजक आङ्दम्बेले बताएका छन् ।

मतदान नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमामा हुनेछ । संसदीय दलको नेताका लािग उम्मेदवारी दिन ५१ हजार दस्तुर लाग्नेछ ।

सोमबार मतदाताको नामावली प्रकाशित भइसकेको छ । पुस ५ गते उम्मेदवारको दर्खास्त दर्ता लगायतका प्रक्रिया पूरा हुनेछन् ।

संसदीय दलको नेताका लागि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दिनेछन् ।

अर्को समूहबाट नेता शेखर कोइराला र गगन थापाको उम्मेदवारी पर्ने सम्भावना छ ।

संसदीय दलको नेताका लागि जसको उम्मेदवारी परे पनि सभापति देउवाको जित सुनिश्चित रहेको अंकगणितले देखाएको छ ।

दलको नेतामा कसले उम्मेदवारी दिने भनेर शेखर र गगनमा कुरा मिलेको छैन ।

काठमाडौंको लाजिम्पाटस्थित होटेल एम्बेसडरमा शेखर र गगनलगायतका नेताहरूको बैठक बसेको थियो । उनीहरूका बीचमा कुरा मिलेको छैन ।

Published : Monday, 2022 December 19, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया