कांग्रेस केन्द्रीय सदस्य एवम् समानुपातिक सांसद जावेदा बहु–विवाह काण्डमा परिन्, आयोगमा उजुरी
काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा समानुपातिकतर्फ सांसद बनेकी जावेदा खातुन् जागा बहु–विवाह काण्डमा परेकी छिन् ।
जावेदालाई कांग्रेसले समानुपातिक सांसद बनाएपछि निर्वाचन आयोगमा उजुरी परेको हो । आयोगका प्रवक्ता गुरु वाग्लेले जावेदाविरुद्ध उजुरी आएको बताए । उनले भने, ‘उजुरी आएको छ । फोनमा पनि मलाई भनेका छन् ।’
कुनै पनि सांसदले बहु–विवाह गरेको प्रमाणित भएमा सांसद पद जाने कानूनी व्यवस्था छ ।
बहु–विवाह गरेकालाई सांसद नबनाउन माग गरेर यसअघि सर्वोच्च अदालतमा रिट निवेदन परिसकेको छ ।
कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी जावेदा बर्दिया जिल्लाको बासगढी नगरपालिकाको वडा नं. ८ मा बस्दै आएकी छिन् ।
जावेदाले अपर्न जागासँग बहु–विवाह गरेको आरोप छ । अपर्नकी पहिलो (जेठी)बाट दुई बच्चा रहेको स्रोतले जनाएको छ ।
जावेदा आफ्ना पतिको आफू नै एक मात्र पत्नी भएको दाबी गरेकी छिन् । उनले भनिन्, ‘धेरै अगाडि विवाह गरेर आएको हुँ । बहु–विवाह गरेको छैन ।’
कांग्रेसले जावेदालाई मुस्लिम महिलाको आरक्षणमा समानुपातिक सांसद बनाएको छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया