गगन र विश्वले चुनावमा कुनै उम्मेदवारलाई जिताए ? जवाफ दिन सक्छन् ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेता र प्रधानमन्त्री पदमा दाबी गरेका छन् ।

थापाको दाबी स्वभाविक हो । राजनीति गरेपछि प्रधानमन्त्री र पार्टी सभापति अन्तिम लक्ष्य पनि हुन्छ । थापाले प्रधानमन्त्री पदमा दाबी गर्दैगर्दा पार्टीभित्रका सबै नेताहरूलाई लत्याएर जाने सम्भावना कति छ ? त्यसमा पनि ध्यान दिनुपर्छ ।

थापाले कांग्रेस बनाएका होइनन् । कांग्रेसमा लागेर थापा नेता बनेका हुन् । कांग्रेस बनाउने नेताहरूलाई गालीगलौज गरेर साईबर सेना लगाएर थापाको हाईट कहिल्यै पनि माथि आउँदैन ।

महामन्त्री थापाले जसरी आफ्नो अभियान मिडियाबाजी गरेर गरेका छन् त्यो उनका लागि जायज भए पनि कांग्रेस बनाउन भूमिका खेल्ने कार्यकर्तालाई मन नपरेको हुन सक्छ ।

निर्वाचनका बेला महामन्त्री थापा कुन–कुन निर्वाचन क्षेत्रमा पुगेर कांग्रेसका उम्मेदवारलाई जिताए ? प्रश्न उठेको छ । काठमाडौं क्षेत्र नं. ४ एक मिनट पनि नछाडेका थापाले कांग्रेस बनाए वा कांग्रेसका उम्मेदवार जिताए भन्नु कदापि मान्न सकिदैन ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि कुन क्षेत्रका उम्मेदवारलाई जिताएका हुन् भन्न सक्नुपर्छ । तेस्रो प्रयासमा जितेका शर्माले अघिल्लो पुस्ताको मानमर्दन गरेर कसरी कांग्रेसमा राजनीति गर्छन् ?

महामन्त्री जस्तो व्यक्ति भएर रवि लामिछानेसँग गोप्य साँठगाँठ गर्ने अधिकार कसले दिएको हो ? प्रश्न उठेको छ । थापाको निर्वाचन क्षेत्रमा रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’का उम्मेदवार उठेनन् । तर, कांग्रेसका शीर्ष नेताहरू जो महामन्त्री थापाका विरोधी छन् उनीहरूको सबै क्षेत्रमा ‘रास्वपा’का उम्मेदवार बनेका छन् ।

रास्वपाका सबै उम्मेदवार र नेताहरू डा.गोविन्द केसीको आन्दोलनका अभियन्ता छन् । डा.केसीलाई महामन्त्री थापाले नै बोकेको कुरा छिपेको छैन ।

आफ्नै पार्टीका नेताहरूलाई हराउन भूमिका खेलेको आरोप बोकीरहेका महामन्त्री थापालाई संसदीय दलको नेता बन्न ठूलो चुनौति छ । प्रधानमन्त्री बन्ने कुरा धेरै पछाडिको विषय हो ।

Published : Saturday, 2022 December 10, 1:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया