‘नाउपा’लाई कमजोर बनाउन कांग्रेसले थारुहरूलाई समानुपातिकमा राख्नै पर्छ

काठमाडौं । जेलमा सजाय भोगीरहेका रेशम चौधरी नेतृत्वका नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले प्रतिनिधि सभा र प्रदेश सभामा उल्लेख्य रुपमा सिट संख्या जितेपछि राजनीतिक रुपमा सोँच्न बाध्य बनाएको छ ।

‘नाउपा’ले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ३ वटा सिट जितेको छ । थ्रेस होल्ड कटाउन नसकेपछि ‘नाउपा’ले प्रतिनिधि सभामा समानुपातिकमा सिट पाएन । ‘नाउपा’ले मधेश प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा समानुपातिक सांसद पाएको छ ।
‘नाउपा’को जन्मसँगै विशेष गरेर लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो प्रभाव परेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभामा टिकट पाएका कांग्रेसका अधिकांश उम्मेदवार पराजित भएका छन् । कांग्रेसलाई हराउन ‘नाउपा’को ठूलो भूमिका छ ।

कांग्रेसले अब ‘नाउपा’लाई कमजोर बनाउन पनि प्रतिनिधि सभा र प्रदेश सभामा थारु नेताहरूलाई समानुपातिकबाट छिराउनुपर्छ । त्यो भयो भने मात्रै ‘नाउपा’ कमजोर हुन सक्छ ।

दाङमा ‘नाउपा’ले धेरै राम्रो भोट पाउन सकेन । कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी, प्रदेश सभामा नवनिर्वाचित सांसद डिल्ली चौधरीसहितका नेताहरूका कारण ‘नाउपा’ले भने जस्तो भोट पाउन सकेन ।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र रुपन्देहीमा भन्दा दाङमा ‘नाउपा’ निकै कमजोर देखिएको छ । दाङमा ‘नाउपा’ले करीव ९ हजार भोट पाएको थियो । दाङमा ‘नाउपा’लाई जरा गाड्न नदिन थारु नेताहरूलाई कांग्रेसले नेतृत्वले निर्मम तरिकाले निर्णय गर्नुपर्छ ।

कांग्रेसले ‘नाउपा’लाई कमजोर बनाउन र कांग्रेसलाई बलियो बनाउन पनि थारु नेताहरूलाई प्रतिनिधि सभा र प्रदेश सभाको सांसदमा समानुपातिकतर्फबाट माथि ल्याउनै पर्छ । होइन भने ‘नाउपा’ले अर्को चुनावमा कांग्रेसलाई अझै कमजोर बनाउन सक्छ ।

‘नाउपा’ले लुम्बिनी प्रदेशमा प्रत्यक्षमा २ सिट जितेको छ । सुदूरपश्चिम प्रदेशमा ५ सिट जितेको छ ।

मधेश प्रदेशमा ‘नाउपा’ले समानुपातिकमा १ सिट पाएको छ । लुम्बिनी प्रदेशमा २ सिट पाएको छ । सुदूरपश्चिम प्रदेशमा २ सिट पाएको छ ।

Published : Thursday, 2022 December 8, 12:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया