सभापति देउवाले निर्वाचनमा कति खर्च गरे ?

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका क्रममा भएको खर्चको विवरण बुझाएका छन् ।

निर्वाचन कार्यालय डडेल्धुरामा कांग्रेसका सभापति देउवाले २ लाख ३० हजार मञ्च व्यवस्थापन खर्च भएको विवरणमा उल्लेख गरेका छन् ।

अन्यमा ७ लाख १५ हजार ५ सय निर्वाचनमा खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन् ।

यसैबीच, नेपाली कांग्रेस (वीपी)का उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख ८ हजार रुपियाँ खर्च गरेका छन् ।

स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार, स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीले २ लाख २ हजार एक सय ९०, राप्रपाका उम्मेदवार गोविन्द खडायतले ४ लाख ४० हजार खर्च भएको विवरण बुझाएका छन् ।

डडेल्धुराका प्रत्यक्ष तर्फका २० मध्ये १४ जनाले खर्च विवरण बुझाएका छन् ।

दुई प्रदेश निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशसभा तर्फका ८ जना उम्मेदवारले पनि निर्वाचनमा भएको खर्चको विवरण बुझाएका छन् ।

हरेक राजनीतिक दलबाट बन्द सूचीमा रहेका समानुपातिक उम्मेदवारमध्ये राप्रपा उम्मेदवार सरिता रैसालले मात्र २ लाख ४० हजार निर्वाचन खर्च भएको विवरण कार्यालयमा बुझाएकी छिन् ।

Published : Tuesday, 2022 December 6, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया