देउवा र डा.कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा.शशांक कोइरालाबीच भेटवार्ता भएको छ ।

मंगलबार बालुवाटारमा देउवा र डा.कोइरालाबीच भेटवार्ता भएको हो । भेटमा देउवाले डा.कोइरालालाई प्रतिनिधि सभा निर्वाचनमा विजयी भएकोमा बधाइ तथा शुभकामना दिएका छन् ।

डा.कोइरालाले पनि कांग्रेसलाई पहिलो पार्टी बनाउन नेतृत्वदायी भूमिका खेलेको भन्दै देउवाको प्रशंसा गरेका छन् ।

सभापति देउवाले नेता डा.कोइरालासँग संसदीय दलको नेतामा सहयोग गर्न पनि आग्रह गरेको बुझिएको छ । डा.कोइरालाले सो विषयमा स्पष्ट जवाफ दिइसकेका छैनन् ।

सभापति देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने यसअघि नै सकंत गरिसकेका छन् । शेखर कोइराला, गगन थापाले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने बताउने गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पनि संसदीय दलको नेता बन्न इच्छुक छन् ।

Published : Tuesday, 2022 December 6, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया