स्वास्थ्य मन्त्रालयका यी हुन् अतिरिक्त सचिवमा बढुवाका लागि १२ प्रतिस्पर्धीहरू

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको अरिरिक्त सचिवमा बढुवाका लागि २१ जना प्रतिस्पर्धामा देखिएका छन् ।

कात्तिक ३० गते मन्त्रालयले अतिरिक्त सचिव अर्थात १२औं तहम बढुवाका लागि आवेदन माग गरेको छ । १५ दिनको समय दिएर आवेदन मागिएको छ । २१ जनाले योग्यता पुगेको भन्दै आवश्यक कागजपत्रसहित निवेदन दिएका छन् ।

१२औं तह (अतिरिक्त सचिव) र सचिवमा बढुवाका लागि राजनीतिक नेतृत्वको साथ समर्थन आवश्यक पर्छ ।

मन्त्रालयमा डा.श्यामसुन्दर यादव र डा.गुणराज लोहनीको स्थानमा दरबन्दी रिक्त छ ।

विगतमा सचिवले वर्षौ बढुवा रोके पनि मन्त्रालयको नेतृत्व डा. रोशन पोखरेलले सम्हालेपछि बढुवामा केही सहजता आएको छ ।

निवेदन दिनेहरूमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी डा. सुधा देवकोटा, लुम्बिनी प्रदेशका सचिव डा.विकास देवकोटा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव जनार्दन उपाध्याय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखराका डा.विनोद विन्दु शर्मा, कान्ति बाल अस्पतालका चिकित्सक डा. अजित रायमाझी, स्वास्थ्य निर्देशनालय दाङका डा. विनोदकुमार गिरी, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुकी निर्देशक डा. मनीषा रावल, स्वास्थ्य मन्त्रालयका नारायणप्रसाद ढकाल रहेका छन् ।

आवेदन दिनेमा राप्ती अञ्चल अस्पतालकी प्राध्यापक गोमादेवी निरौला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. कृष्णप्रसाद पौडेल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका डा. अमिरबाबु श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, प्रदेश अस्पताल भद्रपुरका डा. टंकप्रसाद बारकोटी, वीर अस्पतालका डा.सरोज शर्मा, स्वास्थ्य मन्त्रालयका डा. संजयकुमार ठाकुर रहेका छन् ।

स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका सुनिलराज शर्मा, राष्ट्रिय ट्रमा सेन्टरका डा. रुद्रप्रसाद मरासिनी, बागमती प्रदेशका स्वास्थ्य सचिव बद्री खड्का, भेरी अस्पतालका डा. राजन पाण्डे, भेरी अस्पतालकी प्राध्यापक दुर्गालक्ष्मी श्रेष्ठ, कर्णाली प्रदेश अस्पतालका डा. केशरबहादुर ढकालले अतिरिक्त सचिवमा बढुवाका लागि योग्य रहेको भन्दै निवेदन दिएका छन् ।

मन्त्रालयका अनुसार दुई जना बढुवाका लागि ५ जनाको नाम पठाइन्छ । यसपटक १० जनाको नाम पठाउन दबाव बढेको छ । बढुवाको प्रतिस्पर्धामा रहेका डा.विकास देवकोटा र डा.सुधा देवकोटा दाङ जिल्ला निवासी हुन् ।

Published : Tuesday, 2022 December 6, 9:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया