काण्ड लागेपछि तीन एसपीहरू हेडक्वाटार तानिए

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आर्थिक अनियमितताको आशंकामा तीन एसपीलाई अनुसन्धानका लागि हेडक्वार्टर तानेको छ ।

हेडक्वाटर तानिएकाहरूमा १२ नम्बर गण बाराका प्रमुख राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टर पर्साका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रुपकुमार क्षेत्री रहेका छन् ।

उनीहरूलाई अनियमितताको आरोपमा अनुसन्धान गर्न हेडक्वाटरले तानेको स्रोतले जनाएको छ ।

यी तीन जना एसपीहरूका बारेमा धेरै नै गुनासो आएपछि फिर्ता बोलाइएको बुझिएको छ ।

बारा र पर्सास्थित बोर्डर आउटपोष्टका केही ईञ्चार्जलाई पनि तानिएको छ ।

बारा, पर्सा जस्ता तराईका जिल्लामा अनियमितता हुने गरेको गुनासोपछि सशस्त्र प्रहरीले एसपीद्वय टोपबहादुर डाँगी र उद्धव रावल नेतृत्वको दुई छुट्टाछुट्टै मार्सल टोली अनुगमनम खटाएको थियो ।

मार्सल टोलीको प्रतिवेदनका आधारमा सशस्त्रले ती गणपतिलाई फिर्ता बोलाएर अनुसन्धान अघि बढाएको छ ।

सशस्त्रका बाहिनी र गणलाई समेत थाहा नदिइ एसपी नेतृत्वका दुई मार्सल टोली अनुगमनमा गएका थिए । तीन जना एसपीमध्ये दुई बारा र पर्साका हुन् ।

बारा र पर्सामा बाहिनीबाट सोझै खटाइएका घुमुवाले गर्दा भन्सार छली तस्करी हुने गरेको आरोप छ ।

केही दिनअघि बाहिनीबाट खटिएका घुमुवालाई पर्सामा स्थानीयले घेरा हालेपछि प्रहरीले नियन्त्रणमा लिनुपरेको थियो ।

Published : Sunday, 2022 December 4, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया