उप–सभापति खड्काले गगनलाई झट्का दिए, प्रधानमन्त्री बन्ने च्याटर क्लोज
काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन् ।
बिहीबार ललितपुरमा पत्रकारहरूसँग कुरा गर्दै खड्काले पार्टी सभापति देउवाको नेतृत्वमा कांग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको बताए । उनले देउवाले दलको नेतामा चाहना राखेपछि दायाँबायाँ कुरा गरिराख्नु नपर्ने बताएका छन् ।
अहिले कांग्रेसभित्र एकताको वातावरण बनाउन आवश्यक रहेको उप–सभापति खड्काले बताएका छन् । उनले दलको नेताको निर्वाचन सर्वसम्मत रूपमा गर्नुपर्ने बताएका छन् ।
‘सीधा कुरा छ, नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौँ’, उनले भने, ‘सत्तागठबन्धन होमिएको छ। विशेषगरी कांग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडि बढेको छ ।’
उनले भने, ‘सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको वेलामा धेरै दायाँबायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन ।’
उप–सभापति खड्काले संसदीय दलको नेतामा अन्य नेताहरूको आकांक्षालाई अन्यथा मान्नु नहुने उल्लेख गरेका छन् ।
सबैको महत्वाकांक्षालाई त्यागेर सबैको सम्मान र भूमिका रहने गरी अगाडि बढ्नुपर्नेमा उनले बताएका छन् ।
महामन्त्री गगन थापाले संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने बताइरहेका बेला उप–सभापति खड्काले देउवाको बिकल्प खोज्न नहुने उल्लेख गरेका छन् ।
यसैबीच, कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा आगामी संयुक्त सरकार निर्माण गर्ने बताएका छन् ।
बिहीबार विराटनगरस्थित निवासमा पत्रकारसँग कुरा गर्दै उनले नयाँ सरकारमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)सहित थप अन्य दल सहभागी हुने बताएका छन् ।
उनले कांग्रेस संसदीय दलको नेताको सर्वसम्मति चयन अथवा निर्वाचन के गर्ने भन्ने विषयमा पार्टी सभापति र नेताहरूसँग सल्लाह गरेर निर्णय गर्ने बताएका छन् ।
कोइरालाले मुलुकको समृद्धिका लागि सुशासन कायम गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न अत्यन्त जरुरी रहेको बताएका छन् ।
नेता कोइरालाले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन निष्पक्ष, धाँधलीरहित रूपमा सम्पन्न भएको र लोकतन्त्रको संरक्षणका लागि मतदाताले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएका भन्दै धन्यवाद दिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया