मोहन बस्नेतको सिन्धुपाल्चोकको रिपोर्टिङ सुनेपछि देउवा खुसीले गदगद

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर नेता मोहनबहादुर बस्नेतले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेको भन्दै धन्यावाद दिएका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग भेट गरेर केन्द्रीय सदस्य बस्नेतले सिन्धुपाल्चोक जिल्लामा लोकतान्त्रिक वाम गठबन्धनले सबै क्षेत्र जितेको जानकारी गराएका छन् ।

सिन्धुपाल्चोकमा सत्तागठबन्धनलाई सबै सिट जिताउन भूमिका खेलेको भन्दै देउवाले नेता बस्नेतलाई धन्यावाद दिएका छन् ।

प्रधानमन्त्री एवम् सभापति देउवालाई भेट्न नेता बस्नेत, प्रदेश सभाका नवनिर्वाचित सदस्यद्वय मनीषा खड्का र कृष्णकुमार तामाङसहितका नेताहरू गएका थिए ।

सिन्धुपाल्चोकमा दुई वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा छन् ।

प्रतिनिधि सभा क्षेत्र नं. २ मा नेता बस्नेतले १० हजारभन्दा धेरै मतसहित निर्वाचित भएका छन् ।

प्रतिनिधि सभा २ मा माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित भएका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं. १ को प्रदेश सभा १ मा मनीषा खड्का तथा २ मा माओवादी केन्द्रका सरल सहयात्री पौडेल निर्वाचित भएका छन् ।

सिन्धुपाल्चोकको प्रतिनिधि सभा २ को प्रदेश सभा १ मा माओवादी केन्द्रका युवराज दुलाल र २ मा कांग्रेसका कृष्णकुमार तामाङ निर्वाचित भएका छन् ।

Published : Monday, 2022 November 28, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया