कांग्रेसका राजेन्द्र बगजगाइँको कमाल देखेर चकित परे रवि लामिछाने, बालकोटमा खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका नेता ४९ वर्षीय राजेन्द्र बजगाइँले आफ्ना प्रतिद्वन्द्वीलाई १६,६३४ मतको फराकिलो अन्तरले हराएर विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार कांग्रेसका उम्मेदवार बगजगाइँले ३३,४२८ मतसहित जित हातपारेका हुन् ।

गोरखा १ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका बजगाइँले एमालेका उम्मेदवार ६० वर्षीय रामशरण बस्नेतलाई हराएका हुन् ।
एमालेका बस्नेतले १६,७८५ मतसहित पराजय भोगेका छन् ।

कांग्रेसबाट उम्मेदवार बनेर फराकिलो मतको अन्तरबाट प्रतिनिधि सभामा निर्वाचित भएका बजगाइँ पर्यटन व्यवसायी पनि हुन् ।

कांग्रेसका नेता बजगाइँले धेरै उम्मेदवारहरूको जमानत जफत गरिएका छन् । जमानत जफत हुनेमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको पनि रहेको छ ।

गोरखाका जनताका बीच लोकप्रिय भएकै कारण बजगाइँले फराकिलो मतको अन्तरबाट जित दर्ता गराएका हुन् ।

त्यसैगरी प्रतिनिधि सभामा उम्मेदवार बनेका सुवर्ण रोकाहा (राष्ट्रिय स्वतन्त्र पार्टी) ४८९२, उदयप्रसाद भट्ट (राष्ट्रिय प्रजातन्त्र पार्टी) ८५२, देवबहादुर थापा (मंगोल नेशनल अर्गनाइजेसन) ६२३ मतसहित पराजित भएका छन् ।

रुपेश राना (जनता समाजवादी पार्टी, नेपाल) २३६, उत्तरबहादुर खड्का (जनसमाजवादी पार्टी नेपाल) १६७, मीनकुमार श्रेष्ठ (नेपाल सुशासन पार्टी, एकल चुनाव चिन्ह) १४५, विष्णु पुडासैनी (स्वतन्त्र) ५२, लीलाकुमारी बुढाथोकी (नेपाल मजदुर किसान पार्टी) ५१ मतसहित पराजित भएका छन् ।

Published : Sunday, 2022 November 27, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया