गृहमन्त्री खाण २७ मतले अगाडि

काठमाडौं । रुपन्देही ३ मा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाण २७ मतले अग्रता लिएका छन् ।

बिहीबार साँझ ६ बजेको प्राप्त नतिजाअनुसार गृहमन्त्री समेत रहेका खाणले आफ्ना प्रतिद्वन्द्वीलाई २७ मतले मात्रै पछाडि पारेका हुन् ।

कांग्रेसका उम्मेदवार खाणले २२७६५ मतसहित अग्रता लिइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपक बोहराले २२७३८ मतसहित पच्छाइरहेका छन् ।

राप्रपाका बोहराले गृहमन्त्री खाणसँगको मतअन्तरलाई निरन्तर साँघुरो बनाउँदै ल्याएका छन् ।

Published : Thursday, 2022 November 24, 6:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया