ओलीद्वारा देउवा र दाहालसँग परामर्श, के भयो कुराकानी ?

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता भएको छ ।

ओलीले बिहीबार दिउँसो दाहाललाई टेलिफोन गरेको दाहालका स्वकीय सचिव रमेश मल्लले पत्रकारहरूलाई बताएका छन् ।

ओलीले दाहालसँग अब नयाँ ढंगले मिलेर जान प्रस्ताव गरेको बुझिएको छ ।

यसअघि बुधबार साँझ ओलीले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि फोन गरेर निर्वाचनबारे परामर्श गरेका थिए । त्यस क्रममा शुभकामना र बधाइ साटासाट गरेको बुझिएको छ ।

निर्वाचनको मतगणनाको नतिजा आउने क्रम क्रमशः अन्त्यतिर जान लागेका बेला ओलीले दाहाल र देउवासँग वार्ता गरेका छन् ।

ओलीले देउवा र दाहाललाई फोन गरेर राजनीतिक संस्कार देखाएका छन् ।

ओलीले राजनीतिक दाउपेचका लागि फोन गरेका हुन् वा राजनीतिक निकासका लागि प्रयास गरेका हुन् भविष्यमा थाहा हुनेछ ।

निर्वाचनमा कमजोर परिणाम आएपछ आत्तिएका ओली सत्ता आफ्नो हातमा ल्याउन र प्रमुख पदहरू राष्ट्रपति, उप–राष्ट्रपति, सभामुख, उप–सभामुख लगायतमा नजर राखेको संकेत आएको जनाइएको छ ।

Published : Thursday, 2022 November 24, 6:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया