सिन्धुपाल्चोक २ मा मोहन बस्नेत साढे ११ हजार मतको अन्तरले अगाडि, जित नजिक कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक २ मा आफ्ना प्रतिद्वन्द्वीलाई साढे ११ हजार मतको अन्तरमा पछाडि छोडेका छन् ।
बिहीबार बिहान ९ बजेको पछिल्लो नतिजाअनुसार कांग्रेसका उम्मेदवार बस्नेतले एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई ११६९८ मतले पछाडि पारेका छन् ।
कांग्रेसका उम्मेदवार एवम् पूर्व मन्त्री बस्नेतले २६९५२ मत पाएका छन् ।
एमालेका उम्मेदवार शेरबहादुर तामाङले १५३५४ मत पाएका छन् ।
एमालेको गढ मानिने सिन्धुपाल्चोक २ मा कांग्रेसले पहिलो पटक धेरै मतको अन्तरबाट अग्रता कायम गरेको छ ।
अहिलेसम्मको मत परिणामको तथ्याङ्क हेर्दा कांग्रेसका उम्मेदवार बस्नेतले सहजै विजयी हासिल गर्ने सिन्धुपाल्चोक कांग्रेसको भनाइ छ ।
कांग्रेस नेता बस्नेतको नेतृत्वकै कारण सिन्धुपाल्चोकमा गठबन्धनले राम्रो परिणाम ल्याएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया