सुदूरपश्चिम प्रदेशका सभापति बलायर विजयी, एमालेका सचिव पराजित
काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका छन् ।
बुधबार राति सार्वजनिक भएको अन्तिम नतिजामा बलायर कैलाली ४ बाट प्रतिनिधि सभामा विजयी भएको कांग्रेसले जनाएको छ ।
सभापति बलायरले आफ्ना प्रतिद्वन्द्वीलाई ३ हजार ५८४ मतको अन्तरले पराजित गरेका छन् ।
बलायरले प्रतिद्वन्द्वी एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई पराजित गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार बलायर २६ हजार १७१ मत प्राप्त गरेर विजयी भएका छन् ।
एमालेका सचिव भट्टले २२ हजार ५८७ मतसहित पराजित भएका छन् ।
Published : Wednesday, 2022 November 23, 10:52 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया