प्यूठानमा कांग्रेसका रोज राणाले बल्ल अग्रता लिए
काठमाडौं । प्यूठानमा प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार रोज राणाले अग्रता लिएका छन् ।
बुधबार बेलुका ५ बजेको पछिल्लो अपडेटअनुसार राणाले १४०७८ मत पाएका छन् ।
एमालेका उम्मेदवार हरि रिजालले १३९६२ मत पाएका छन् ।
कांग्रेसका राणाले एमालेका रिजाललाई ११६ मतको अन्तरले पछाडि पारेका छन् ।
झिमरुक गाउँपालिका– ७ मा राणाले ९५५ मत पाएका छन् । रिजालले ६७१, राप्रपाले १८, भालेले ४, लालटिनले १२ मत पाएका छन् । यो वडामा ८९ मत बदर भएको छ ।
हाल नौबहिनी र गौमुखी गाउँपालिका मतगणना भइसकेको छ ।
सुरुवाती चरणमा एमालेका रिजाललाई पच्छाइरहेका कांग्रेसका उम्मेदवार राणाले अग्रता लिन सुरु गरेपछि कांग्रेसका कार्यकर्तामा आशा पलाएको छ ।
Published : Wednesday, 2022 November 23, 6:09 pm
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया