दाङ ३ मा कोमल वलीको बेहाल, दीपक गिरीले मतअन्तर ह्वात्तै बढाए
काठमाडौं । दाङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले अग्रता बढाएका छन् ।
मंगलबार बिहान ११ बजेसम्मको पछिल्लो नतिजाअनुसार गिरीले ३२६५ मत पाएका छन् ।
एमालेकी उम्मेदवार कोमल वलीले २६५५ मत पाएकी छिन् ।
कांग्रेसका दीपक गिरीले एमालेकी कोमल वलीसँग ६१० को मतअन्तर बनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ११५५ मत पाएका छन् ।
यसैबीच, दाङ ३ को प्रदेश सभा निर्वाचन १ मा ९००८ मत गणना भएको छ ।
कांग्रेसका उम्मेदवार डिल्ली चौधरीले ४१४१ मतसहित अग्रता लिएका छन् ।
एमालेका घनश्याम पाण्डेले ३४१७ मतसहित पच्छाइरहेका छन् ।
Published : Tuesday, 2022 November 22, 11:56 am
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया