मनाङमा कांग्रेसका टेकबहादुर गुरुङको शानदार जित
काठमाडौं । मनाङमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
सोमबार राति सम्पन्न मतगणनामा गुरुङले २५७५ मतसहित जित हात पारेका हुन् ।
कांग्रेस नेता गुरुङले एमालेका पोल्देनछोपाङ गुरुङलाई पराजित गरेका हुन् । पोल्देनछोपाङले २२४७ मत पाएका थिए ।
पोल्देनले मतदातालाई प्रभावित बनाउन याकको मासु समेत खुवाएको भनेर निर्वाचन कार्यालयमा लिखित उजुरी समेत परेको थियो ।
टेकबहादुर गुरुङले मनाङमा जितेसँगै कांग्रेसले प्रतिनिधि सभामा दुई वटा सिट जितेको छ ।
यसअघि कांग्रेसले मुस्ताङमा जित हात पारेको छ । मुस्ताङमा योगेश गौचन थकालीले जित हात पारेका थिए ।
Published : Monday, 2022 November 21, 10:22 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया