रेखाले कमाल गरेपछि शंकर पोखरेलले तोरीको फूल देख्न थाले

काठमाडौं । दाङ क्षेत्र नं. २ मा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले फराकिलो मतअन्तरसहित अग्रता बनाएकी छिन् ।

रेखा शर्माले ३६७३ मत पाएकी छिन् । उनले आफ्ना प्रतिद्वन्द्वी एमालेका महासचिव शंकर पोखरेललाई फराकिलो मतको अन्तरले पछाडि छाडेकी हुन् ।

एमालेका महासचिव शकर पोखरेलले २६५३ मत पाएका छन् । शंखर पोखरेललाई रेखा शर्माले १०२० मतसहित पछाडि पारेकी हुन् ।

दाङ–२ मा ७९४३७ मत खसेको थियो । त्यसमध्य करीव ९ हजार मत गणना भएको छ ।

जसमा वंगलाचुलीको ३७२१, घोराही–१५ को ११५६, घोराही–१९ को १०६३, घोराही–१८ को २१००, घोराही–१३ को १००८ र घोराही–४ को ४४७ मत गणना भएको छ ।

Published : Monday, 2022 November 21, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया