डोटीका घाइतेको उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन, घाइते ओसार्न हेलिकप्टर तयार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी घाइते भएकाहरूको यथाशीघ्र अस्पतालसम्म प¥याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

खाणले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने भएमा तत्काल सो व्यवस्था गर्न पनि गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

उनले गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सह–सचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेकोप्टर उद्धार गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले घाइतेहरूको अवस्था र अहिले उनीहरूलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि जानकारी लिएका छन् ।

उनले भूकम्पमा परेर प्रभावित भएकाहरूलाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा तत्कालका लागि बासस्थानको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।

भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

भूकम्पमा परी मृत्यु भएकाहरूको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनामा गृहमन्त्री खाणले हार्दिक समवेदना व्यक्त गरेका छन् ।

Published : Wednesday, 2022 November 9, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया