कांग्रेसले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारहरूलाई कति दियो आर्थिक सहयोग ?
काठमाडौं । नेपाली कांग्रेसले प्रत्यक्षतर्फका आफ्ना उम्मेदवारहरूलाई चुनाव खर्च दिएको छ ।
कांग्रेसले लेबी, शुभेच्छुक र विभिन्न संघ संस्थाबाट प्राप्त रकम प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्षतर्फका उम्मेदवारहरू सहयोग गरेको हो ।
टिकट लिएर जाने बेला प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बाटो खर्च स्वरुप रकम दिएका हुन् ।
कांग्रेसले प्रतिनिधि सभाका उम्मेदवारलाई चार लाखका दरले सहयोग गरेको छ ।
प्रदेश सभाका उम्मेदवारलाई दुई लाखका दरले टिकटसँगै बाटो खर्च दिइएको छ ।
कांग्रेसले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारलाई ७ करोड २२ लाख बितरण गरेको बुझिएको छ ।
कांग्रेसबाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षमा ९१ जना प्रतिस्पर्धामा छन् ।
प्रदेश सभा सदस्यका लागि १ सय ७९ उम्मेदवार छन् ।
कांग्रेसले आर्थिक उप–समिति बनाएर स्वैच्छिक रूपमा चुनावी सहयोग संकलन गरिरहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया