मोहन बस्नेत र अग्नि सापकोटाबीच बार्ता, सत्तागठबन्धनलाई जिताउने सहमति
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत र माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाबीच सिन्धुपाल्चोकमा सत्तागठबन्धनलाई विजयी बनाउने सहमति बनेको छ ।
सोमबार काठमाडौंमा बस्नेत र सापकोटाबीच भएको भेटवार्तामा सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन आवश्यक पर्ने रणनीति बनाउने निर्णय भएको सिन्धुपाल्चोक कांग्रेसले जनाएको छ ।
आवश्यकताले देशभरि गठबन्धन बनेको चर्चा गर्दै सत्तागठबन्धनलाई जिताउन सबैले इमानदार भएर सहमति पालना गर्नुको विकल्प नभएको बताए दुबै नेताहरु सहमति भएकाा छन् ।
उनीहरुले सिन्धपुपाल्चोकका सत्तागठबन्धनका उम्मेदवारहरुसँग पनि संयुक्त रुपमा सम्वाद गरेका छन् ।
सिन्धुपाल्चोकको क्षेत्र नं. २ बाट प्रतिनिधि सभातर्फ कांग्रेस नेता बस्नेतले उम्मेदवारी दिएका छन् ।
सिन्धुपाल्चोकको क्षेत्र नं. १ मा माओवादीबाट सुवोध सापकोटाले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया